Nepal (foreign ministry) (NPL)
Nepal Press release: STATEMENT
2026-11-23 · data through unknown
EN · statement #43882 ·
दुई प्रधानमन्त्रीज्यूहरूबाट भारतको धार्चुला र नेपालको दार्चुला जोड्ने मोटरेबल पुलको समेत संयुक्त रूपमा उदघाटन भएको छ। यसबाट सीमापार आवागमन , व्यापार तथा स्थानीयस्तरको सम्पर्कलाई थप सहज बनाउने अपेक्षा गरिएको छ। यसैगरी , दुई प्रधानमन्त्रीले बनबासामा एकीकृत जाँचचौकी ( Integrated Check Post-ICP) को संयुक्त रूपमा शिलान्यास गर्नुभएको छ। यी पूर्वाधारहरूको विकासले भन्सार जाँच तथा क्लियरेन्स प्रक्रियालाई थप प्रभावकारी बनाउन , सुरक्षित अन्तरदेशीय व्यापार प्रवर्द्धन गर्न एवम् सीमापार आवागमनलाई सहजीकरण गर्न मद्दत पुर्याउनेछ। दुई देशबीच ऊर्जा साझेदारीलाई थप सुदृढ बनाउन इनरुवा (नेपाल)-न्यू पूर्णिया (भारत) र दोधारा (नेपाल)-बरेली (भारत) बीच Joint …Full original text (EN, 1,414 Characters) ▾
दुई प्रधानमन्त्रीज्यूहरूबाट भारतको धार्चुला र नेपालको दार्चुला जोड्ने मोटरेबल पुलको समेत संयुक्त रूपमा उदघाटन भएको छ। यसबाट सीमापार आवागमन , व्यापार तथा स्थानीयस्तरको सम्पर्कलाई थप सहज बनाउने अपेक्षा गरिएको छ। यसैगरी , दुई प्रधानमन्त्रीले बनबासामा एकीकृत जाँचचौकी ( Integrated Check Post-ICP) को संयुक्त रूपमा शिलान्यास गर्नुभएको छ। यी पूर्वाधारहरूको विकासले भन्सार जाँच तथा क्लियरेन्स प्रक्रियालाई थप प्रभावकारी बनाउन , सुरक्षित अन्तरदेशीय व्यापार प्रवर्द्धन गर्न एवम् सीमापार आवागमनलाई सहजीकरण गर्न मद्दत पुर्याउनेछ। दुई देशबीच ऊर्जा साझेदारीलाई थप सुदृढ बनाउन इनरुवा (नेपाल)-न्यू पूर्णिया (भारत) र दोधारा (नेपाल)-बरेली (भारत) बीच Joint Venture मार्फत नयाँ विद्युत् प्रसारण लाइनहरूको निर्माण गर्ने सहमति हुनुका साथै तल्लो अरुण जलविद्युत् आयोजनाको संयुक्त शिलान्यास पनि सम्पन्न भएको छ। यी पहलहरूले दुई देशबीचको ऊर्जा व्यापार तथा क्षेत्रीय ऊर्जा कनेक्टिभिटीलाई विस्तार गर्न थप योगदान पुर्याउनेछन्। त्यसैगरी , भारतीय सहयोगमा सम्पन्न भएको मोतिहारी-अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण ( Phase II) को सञ्चालन र झापा-सिलिगुडी पेट्रोलियम पाइपलाइनको शिलान्यास पनि गरिएको छ। यसले नेपालको ऊर्जा सुरक्षा अभिवृद्धिमा महत्त्वपूर्ण योगदान पुर्याउनेछ। नेपाल - भारतबीच लामो समयदेखि विचाराधिन रहेको पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदन ( DPR) लाई अन्तिम रूप दिन सम्बन्धित निकायहरूलाई आवश्यक निर्देशन दिने सहमति भएको छ। यस सहमतिले बहुपतिक्षित यस आयोजनाको कार्यान्वयन अगाडि बढाउने आधार तय भएको छ।
Tone toward targets (2)
How this statement speaks of each target it names, read by a model from the evidence sentence.
- Positive toward unnamed target“दुई प्रधानमन्त्रीज्यूहरूबाट भारतको धार्चुला र नेपालको दार्चुला जोड्ने मोटरेबल पुलको समेत संयुक्त रूपमा उदघाटन भएको छ। यसबाट सीमापार आवागमन , व्यापार तथा स्थानीयस्तरको सम्पर्कलाई थप सहज बनाउने अपेक्षा गरिएको छ।”
- Positive toward unnamed target“यसैगरी , दुई प्रधानमन्त्रीले बनबासामा एकीकृत जाँचचौकी ( Integrated Check Post-ICP) को संयुक्त रूपमा शिलान्यास गर्नुभएको छ। यी पूर्वाधारहरूको विकासले भन्सार जाँच तथा क्लियरेन्स प्रक्रियालाई थप प्रभावकारी बनाउन , सुरक्षित अन्तरदेशीय व्यापार प्रवर्द्धन गर्न एवम् सीमापार आवागमनलाई सहजीकरण गर्न मद्दत पुर्याउनेछ।”