Skip to content
DiploTrack
4 of 143 FROM THIS SPEAKER

Nepal (foreign ministry) (NPL)

Nepal Press release: STATEMENT

2026-11-23 · data through unknown

EN · statement #43883 ·

दुई प्रधानमन्त्रीहरूबीच वार्ताका क्रममा नेपालमा Indian Institute of Technology ( IIT) को Off-shore Campus स्थापना गर्ने निर्णय भएको छ। यो महत्वपूर्ण पहलले नेपालको उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न , अनुसन्धान तथा नवप्रवर्तनलाई प्रोत्साहन गर्न , दक्ष जनशक्ति विकास गर्न तथा नेपाली युवाहरूका लागि नयाँ अवसरहरू सिर्जना गर्न महत्वपूर्ण योगदान पुर्‍याउनेमा हामी आशावादी छौं। वार्ता पश्चात भारतीय प्रधानमन्त्रीज्यूले नेपालका प्रधानमन्त्रीसमक्ष भारतको “ प्रधानमन्त्री गति शक्ति राष्ट्रिय बहुआयामिक सम्पर्क गुरुयोजना ” बारे एक प्रस्तुतीकरण गर्नुभयो। उक्त प्रस्तुतीकरणमा सडक , रेलमार्ग , हवाईमार्ग , जलमार्ग तथा बन्दरगाहलाई एकीकृत गरी पूर्वाधार …
Full original text (EN, 1,403 Characters) ▾

दुई प्रधानमन्त्रीहरूबीच वार्ताका क्रममा नेपालमा Indian Institute of Technology ( IIT) को Off-shore Campus स्थापना गर्ने निर्णय भएको छ। यो महत्वपूर्ण पहलले नेपालको उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न , अनुसन्धान तथा नवप्रवर्तनलाई प्रोत्साहन गर्न , दक्ष जनशक्ति विकास गर्न तथा नेपाली युवाहरूका लागि नयाँ अवसरहरू सिर्जना गर्न महत्वपूर्ण योगदान पुर्‍याउनेमा हामी आशावादी छौं। वार्ता पश्चात भारतीय प्रधानमन्त्रीज्यूले नेपालका प्रधानमन्त्रीसमक्ष भारतको “ प्रधानमन्त्री गति शक्ति राष्ट्रिय बहुआयामिक सम्पर्क गुरुयोजना ” बारे एक प्रस्तुतीकरण गर्नुभयो। उक्त प्रस्तुतीकरणमा सडक , रेलमार्ग , हवाईमार्ग , जलमार्ग तथा बन्दरगाहलाई एकीकृत गरी पूर्वाधार विकास , यातायात सम्पर्क विस्तार र ढुवानी प्रणालीलाई प्रभावकारी बनाउने भारतको योजनाका प्रमुख पक्षहरूबारे जानकारी गराउनुभयो। त्यसैगरी नेपाल-भारतबीच प्राकृतिक प्रकोप व्यवस्थापन , National Forensic Science University (India) र Crime Investigation Department (Nepal Police) बीच प्राज्ञिक सहकार्य , विकास आयोजनामा डिजिटलाइजेसन , दिगो सहरी विकास , स्वास्थ्य र औषधि , आयुर्वेद र परम्परागत औषधोपचार विधि , पशुपालन तथा मत्स्यपालनको विकास , दक्षिण एसिया सेटलाइटको उपयोग लगायतका विविध क्षेत्रमा सहकार्य गर्ने उद्देश्यले देहायका ८ वटा समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको छ। Memorandum of Understanding (MoU) for Academic and Research Collaboration between National Forensic Sciences University, Gandhinagar, Gujarat, India, and Crime Investigation Department, Nepal Police.

Tone toward targets (1)

How this statement speaks of each target it names, read by a model from the evidence sentence.

  • Positive toward India“त्यसैगरी नेपाल-भारतबीच प्राकृतिक प्रकोप व्यवस्थापन , National Forensic Science University (India) र Crime Investigation Department (Nepal Police) बीच प्राज्ञिक सहकार्य , विकास आयोजनामा डिजिटलाइजेसन , दिगो सहरी विकास , स्वास्थ्य र औषधि , आयुर्वेद र परम्परागत औषधोपचार विधि , पशुपालन तथा मत्स्यपालनको विकास , दक्षिण एसिया सेटलाइटको उपयोग लगायतका विविध क्षेत्रमा सहकार्य गर्ने उद्देश्यले देहायका ८ वटा समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको छ।”
How media reported it (2) ▾

Links and short excerpts only. A matched article is a machine match until a person confirms it; tone shown elsewhere is generic, not stance.