Skip to content
DiploTrack
6 of 143 FROM THIS SPEAKER

Nepal (foreign ministry) (NPL)

Nepal Press release: STATEMENT

2026-11-23 · data through unknown

EN · statement #43881 ·

सम्पर्क सञ्जाल (कनेक्टिभिटी) को क्षेत्रमा विशेष उपलब्धिहरू हासिल भएका छन् । दुई देशका प्रधानमन्त्रीज्यूहरूले जनकपुर-अयोध्याबीच यात्रुवाहक रेलको भर्चुअल रूपमा संयुक्त रूपमा उद्‌घाटन गर्नुभयो। यसले दुई देशबीच रही आएको सामाजिक तथा धार्मिक सम्बन्धलाई थप प्रगाढ बनाउनुका साथै पर्यटन एवम् जनस्तरको सम्बन्ध प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा छ। यो अर्को ठूलो उपलब्धि हो। हवाई सम्पर्क सञ्जाललाई प्रवर्द्धन गरी नागरिक-नागरिक बीचको सम्बन्ध एवम् आर्थिक सहकार्यलाई थप मजबुत बनाउन नागरिक उड्डयनसम्बन्धी विषयमा दुई नेताहरूबीच छलफल भएको छ। हालको एकतर्फी रूपमा रहेको B345 काठमाडौ-भैरहवा-लखनउ हवाई मार्गलाई दुईतर्फी ( Bidirectional) बनाउन …
Full original text (EN, 1,362 Characters) ▾

सम्पर्क सञ्जाल (कनेक्टिभिटी) को क्षेत्रमा विशेष उपलब्धिहरू हासिल भएका छन् । दुई देशका प्रधानमन्त्रीज्यूहरूले जनकपुर-अयोध्याबीच यात्रुवाहक रेलको भर्चुअल रूपमा संयुक्त रूपमा उद्‌घाटन गर्नुभयो। यसले दुई देशबीच रही आएको सामाजिक तथा धार्मिक सम्बन्धलाई थप प्रगाढ बनाउनुका साथै पर्यटन एवम् जनस्तरको सम्बन्ध प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा छ। यो अर्को ठूलो उपलब्धि हो। हवाई सम्पर्क सञ्जाललाई प्रवर्द्धन गरी नागरिक-नागरिक बीचको सम्बन्ध एवम् आर्थिक सहकार्यलाई थप मजबुत बनाउन नागरिक उड्डयनसम्बन्धी विषयमा दुई नेताहरूबीच छलफल भएको छ। हालको एकतर्फी रूपमा रहेको B345 काठमाडौ-भैरहवा-लखनउ हवाई मार्गलाई दुईतर्फी ( Bidirectional) बनाउन दुबै पक्ष सहमत भएका छन्। यो भ्रमणको अर्को ठूलो उपलब्धिका रूपमा रहेको छ। भारतीय प्रधानमन्त्रीज्यूले नेपालको विकास यात्रामा भारतको निरन्तर सहयोग र समर्थन रहने प्रतिबद्धता पुनः दोहोर्‍याउनुभएको छ। भारतले नेपाललाई भारतीय रुपैयाँ १५ , ००० करोड अर्थात् नेपाली रुपैयाँ करिब २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने भएको छ। यो हालसम्म कै सबैभन्दा ठूलो आर्थिक सहयोग प्याकेज हो। उक्त सहायताअन्तर्गत भारतीय रुपैयाँ ३ , ५०० करोड अर्थात् नेपाली रुपैयाँ करिब ५६ अर्ब विपद्पछिको पुनर्निर्माण तथा नयाँ पूर्वाधार परियोजनाहरूका लागि अनुदान सहायता र ऊर्जा क्षेत्रका परियोजनाहरूका लागि भारतीय मुद्रामा आधारित ऋण सुविधा ( Line of Credit) अन्तर्गत भारतीय रुपैयाँ ११ , ५०० करोड अर्थात् नेपाली रुपैयाँ करिब १ खर्ब ८४ अर्ब उपलब्ध हुनेछ।

Tone toward targets (2)

How this statement speaks of each target it names, read by a model from the evidence sentence.

  • Positive toward unnamed target“सम्पर्क सञ्जाल (कनेक्टिभिटी) को क्षेत्रमा विशेष उपलब्धिहरू हासिल भएका छन् । दुई देशका प्रधानमन्त्रीज्यूहरूले जनकपुर-अयोध्याबीच यात्रुवाहक रेलको भर्चुअल रूपमा संयुक्त रूपमा उद्‌घाटन गर्नुभयो। यसले दुई देशबीच रही आएको सामाजिक तथा धार्मिक सम्बन्धलाई थप प्रगाढ बनाउनुका साथै पर्यटन एवम् जनस्तरको सम्बन्ध प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा छ। यो अर्को ठूलो उपलब्धि हो।”
  • Positive toward unnamed target“हवाई सम्पर्क सञ्जाललाई प्रवर्द्धन गरी नागरिक-नागरिक बीचको सम्बन्ध एवम् आर्थिक सहकार्यलाई थप मजबुत बनाउन नागरिक उड्डयनसम्बन्धी विषयमा दुई नेताहरूबीच छलफल भएको छ। हालको एकतर्फी रूपमा रहेको B345 काठमाडौ-भैरहवा-लखनउ हवाई मार्गलाई दुईतर्फी ( Bidirectional) बनाउन दुबै पक्ष सहमत भएका छन्। यो भ्रमणको अर्को ठूलो उपलब्धिका रूपमा रहेको छ।”