Skip to content
DiploTrack
7 of 143 FROM THIS SPEAKER

Nepal (foreign ministry) (NPL)

Nepal Press release: STATEMENT

2026-11-23 · data through unknown

EN · statement #43880 ·

यसैगरी दुई देशबीचको व्यापार सहजीकरणलाई थप प्रभावकारी बनाउने , पारवहन व्यवस्थामा सुधार गर्ने तथा सीमापार सम्पर्क सञ्जाललाई सहज बनाउने दिशामा मिलेर काम गर्ने सहमति भएको छ। यो नेपालले दशकौं देखि उठाउँदै आएको विषय हो। नेपालको तेस्रो मुलुकसँगको व्यापारका लागि कोलकाता र विशाखापट्टनम बन्दरगाहका अतिरिक्त नेपाललाई थप बन्दरगाहहरू Deendayal Port (Kandla, Gujarat) र Paradip Port (Odisha) प्रवेशद्वारका रूपमा प्रयोग गर्न पहुँच प्रदान गर्ने विषयमा सहमति भएको छ। यो ठूलो उपलब्धिबाट नेपालको अन्तर्राष्ट्रिय व्यापार थप सहज हुनुका साथै नेपाली व्यवसायीहरूका लागि नयाँ अवसरहरू सिर्जना हुने तथा नेपाल र भारतबीचको व्यापारिक एवम् आर्थिक सम्बन्ध थप मजबुत हुनेमा …
Full original text (EN, 1,126 Characters) ▾

यसैगरी दुई देशबीचको व्यापार सहजीकरणलाई थप प्रभावकारी बनाउने , पारवहन व्यवस्थामा सुधार गर्ने तथा सीमापार सम्पर्क सञ्जाललाई सहज बनाउने दिशामा मिलेर काम गर्ने सहमति भएको छ। यो नेपालले दशकौं देखि उठाउँदै आएको विषय हो। नेपालको तेस्रो मुलुकसँगको व्यापारका लागि कोलकाता र विशाखापट्टनम बन्दरगाहका अतिरिक्त नेपाललाई थप बन्दरगाहहरू Deendayal Port (Kandla, Gujarat) र Paradip Port (Odisha) प्रवेशद्वारका रूपमा प्रयोग गर्न पहुँच प्रदान गर्ने विषयमा सहमति भएको छ। यो ठूलो उपलब्धिबाट नेपालको अन्तर्राष्ट्रिय व्यापार थप सहज हुनुका साथै नेपाली व्यवसायीहरूका लागि नयाँ अवसरहरू सिर्जना हुने तथा नेपाल र भारतबीचको व्यापारिक एवम् आर्थिक सम्बन्ध थप मजबुत हुनेमा हामी विश्वस्त छौं। नेपाल - भारत सीमाको संयुक्त स्थलगत निरीक्षण र सीमा स्तम्भहरूको मर्मत सम्भारमा भएको प्रगति उल्लेख गर्दै दुई देशका प्रधानमन्त्रीज्यूहरूले विद्यमान सीमा सम्बन्धी विषयमा कार्य गर्न नेपाल र भारतका परराष्ट्र / विदेश सचिवहरूलाई निर्देशन दिनुभएको छ। भ्रमणका क्रममा भएका छलफल र सहमतिहरू समावेश गरी दुबै पक्षको प्रतिबद्धता र प्राथमिकता झल्कने गरी Joint Press Release जारी गरिएको छ। लामो समयदेखि प्रधानमन्त्रीस्तरीय भ्रमणहरूमा यस प्रकारको Joint Statement जारी हुन सकेको थिएन।

No tone or topic tags yet.

How media reported it (1) ▾

Links and short excerpts only. A matched article is a machine match until a person confirms it; tone shown elsewhere is generic, not stance.

  • Nepal gets access to Paradip and Kandla ports for third-country trade (opens in new tab) Onlinekhabar English 2026-11-23 · matched article, unconfirmed

    “New Delhi, November 23 Nepal will gain access to India’s Paradip port in Odisha and Kandla port in Gujarat for imports and exports with third countries, Indian Prime Minister Narendra Modi announced during Prime Minister Balendra Shah’s visit to India. Modi made the announcement during a joint pres…”

    said: framed: not assessed