Skip to content
DiploTrack
8 of 143 FROM THIS SPEAKER

Nepal (foreign ministry) (NPL)

Nepal Press release: STATEMENT

2026-11-23 · data through unknown

EN · statement #43879 ·

भ्रमणका अवसरमा नेपाल-भारत सम्बन्धलाई परिणाममुखी साझेदारीमा रुपान्तरण गरी दुई देश र दुई मुलुकका नागरिकहरूले ठोस लाभ प्राप्त गर्न फलदायी बनाउने उद्देश्यले दुई प्रधानमन्त्रीज्यूहरूले दुई देशका नागरिकहरुको आकाँक्षा, खासगरी युवा लक्षित “ विकसित भारत-समुन्नत नेपाल ” सम्बन्धी संयुक्त दूरदृष्टि दस्तावेज ( Joint Vision Document) जारी गर्नुभएको छ। यसअन्तर्गत दुई देशबीच रहिआएको आर्थिक तथा विकास साझेदारी , Physical तथा Digital कनेक्टिभिटी , ऊर्जा क्षेत्र सहकार्य र जनस्तरको सम्बन्धलाई थप प्रगाढ बनाउने साथै Climate Resilience, विपद् जोखिम न्यूनीकरण , खेलकुद , कृषि, शिक्षा, स्वास्थ्य, स्टार्टअप , डिजिटल सेवा , अन्तरिक्ष तथा नवप्रवर्तनजस्ता नयाँ, …
Full original text (EN, 1,182 Characters) ▾

भ्रमणका अवसरमा नेपाल-भारत सम्बन्धलाई परिणाममुखी साझेदारीमा रुपान्तरण गरी दुई देश र दुई मुलुकका नागरिकहरूले ठोस लाभ प्राप्त गर्न फलदायी बनाउने उद्देश्यले दुई प्रधानमन्त्रीज्यूहरूले दुई देशका नागरिकहरुको आकाँक्षा, खासगरी युवा लक्षित “ विकसित भारत-समुन्नत नेपाल ” सम्बन्धी संयुक्त दूरदृष्टि दस्तावेज ( Joint Vision Document) जारी गर्नुभएको छ। यसअन्तर्गत दुई देशबीच रहिआएको आर्थिक तथा विकास साझेदारी , Physical तथा Digital कनेक्टिभिटी , ऊर्जा क्षेत्र सहकार्य र जनस्तरको सम्बन्धलाई थप प्रगाढ बनाउने साथै Climate Resilience, विपद् जोखिम न्यूनीकरण , खेलकुद , कृषि, शिक्षा, स्वास्थ्य, स्टार्टअप , डिजिटल सेवा , अन्तरिक्ष तथा नवप्रवर्तनजस्ता नयाँ, संस्कृति तथा पर्यटन र उदीयमान क्षेत्रमा समेत सहकार्य अघि बढाउने सहमति भएको छ। यो Joint Vision Document ले यी नयाँ विषयहरूमा सहकार्य अगाडि बढाउनको लागि आवश्यक परेमा हाम्रा पुराना सन्धि, संझौता र सहमति हरूलाई पनि परिमार्जन गर्ने बाटो खुलेको छ। सन् १९५० को सन्धि लगायत पुराना सन्धिहरूमा पनि हामी यी विषयहरूमा बसेर नयाँ सन्धिको बाटोबाट नेपाल - भारतको सम्बन्धलाई नयाँ आयामबाट समय सापेक्ष बनाउनका लागि आवश्यक सबै खाले सन्धिहरूको पुनरावलोकन गर्नको लागि स्पेस खुलेको छ। यी नेपालले लामो समयदेखि उठाएका विषयहरू पनि यस Vision Document ले सम्बोधन गरेको छ।

No tone or topic tags yet.