Nepal (foreign ministry) (NPL)
Nepal Press release: STATEMENT
2026-09-11 · data through unknown
EN · statement #36371 ·
नेपालमा गत वर्ष भएको जेनजी आन्दोलन , त्यसपछि भएको सफल निर्वाचन र सोमार्फत् ठूलो जनमत सहित गठन भएको वर्तमान सरकारका प्राथमिकता लगायतका विषयहरू अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गर्न र अन्तर्राष्ट्रिय सहयोग एवम् सद्भावको निरन्तरता र बढोत्तरीका लागि उच्चस्तरबाटै आव्हान गर्न यो महासभा महत्त्वपूर्ण अवसरको रूपमा रहेको छ। २६ अगस्ट २०२६ मा रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण नेपालले अपूरणीय क्षति भोग्नुपरेको छ। यसले नेपाल जलवायु संकटको अग्रपङ्क्तिमा रहेको पुनर्पुष्टि गरेको छ। विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा नेपालले नगण्य योगदान पुर्याए तापनि यसका नकारात्मक असरहरूबाट नेपालजस्ता मुलुकहरू सर्वाधिक पीडित हुनुपरेको अवस्था …Full original text (EN, 1,461 Characters) ▾
नेपालमा गत वर्ष भएको जेनजी आन्दोलन , त्यसपछि भएको सफल निर्वाचन र सोमार्फत् ठूलो जनमत सहित गठन भएको वर्तमान सरकारका प्राथमिकता लगायतका विषयहरू अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गर्न र अन्तर्राष्ट्रिय सहयोग एवम् सद्भावको निरन्तरता र बढोत्तरीका लागि उच्चस्तरबाटै आव्हान गर्न यो महासभा महत्त्वपूर्ण अवसरको रूपमा रहेको छ। २६ अगस्ट २०२६ मा रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण नेपालले अपूरणीय क्षति भोग्नुपरेको छ। यसले नेपाल जलवायु संकटको अग्रपङ्क्तिमा रहेको पुनर्पुष्टि गरेको छ। विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा नेपालले नगण्य योगदान पुर्याए तापनि यसका नकारात्मक असरहरूबाट नेपालजस्ता मुलुकहरू सर्वाधिक पीडित हुनुपरेको अवस्था छ। यस सन्दर्भमा सम्माननीय प्रधानमन्त्रीज्यूबाट महासभामा अन्य विषयहरूका अतिरिक्त मूलतः निम्न विषयहरू पनि प्रस्तुत हुनेछन्- जलवायु परिवर्तन र यसबाट सिर्जित प्रकोपबाट नेपालले बारम्बार भोग्नुपरेको जनधनको ठूलो क्षति बारे विश्वसमुदायको ध्यानाकर्षण गर्ने। नेपालले नगन्य कार्बन उत्सर्जन गरे तापनि जलवायु परिवर्तनका नकारात्मक असरहरू भोग्नुपरिरहेको विषयलाई प्रस्तुत गर्ने। यस सन्दर्भमा नेपालले Fund for Responding to Loss and Damage (FRLD ) लगायतका निकायबाट तत्कालै र उचित क्षतिपूर्ति प्राप्त गर्ने जस्ता जलवायु न्याय (Climate Justice) सम्बन्धी विषयमा विश्व समुदायलाई आह्वान गर्ने। नेपालमा Climate Resilient पूर्वाधार निर्माण गर्न, Climate Smart कृषि प्रवर्द्धन गर्न र सरोकारवालाहरूको क्षमता विकास गर्न आवश्यक प्रविधि र जलवायु वित्त (Climate Finance) सहज र सहुलियतपूर्ण रूपमा उपलब्ध गराउन धनी र विकसित मुलुकहरूलाई अपिल गर्ने।
Tone toward targets (2)
How this statement speaks of each target it names, read by a model from the evidence sentence.
- Positive toward unnamed target“यस सन्दर्भमा नेपालले Fund for Responding to Loss and Damage (FRLD ) लगायतका निकायबाट तत्कालै र उचित क्षतिपूर्ति प्राप्त गर्ने जस्ता जलवायु न्याय (Climate Justice) सम्बन्धी विषयमा विश्व समुदायलाई आह्वान गर्ने।”
- Positive toward unnamed target“२६ अगस्ट २०२६ मा रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण नेपालले अपूरणीय क्षति भोग्नुपरेको छ। यसले नेपाल जलवायु संकटको अग्रपङ्क्तिमा रहेको पुनर्पुष्टि गरेको छ। विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा नेपालले नगण्य योगदान पुर्याए तापनि यसका नकारात्मक असरहरूबाट नेपालजस्ता मुलुकहरू सर्वाधिक पीडित हुनुपरेको अवस्था छ। यस सन्दर्भमा सम्माननीय प्रधानमन्त्रीज्यूबाट महासभामा अन्य विषयहरूका अतिरिक्त मूलतः निम्न विषयहरू पनि प्रस्तुत हुनेछन्-”