Skip to content
DiploTrack
103 of 143 FROM THIS SPEAKER

Nepal (foreign ministry) (NPL)

Nepal Press release: STATEMENT

2026-09-11 · data through unknown

EN · statement #36372 ·

साथै, नेपालले प्रकृति-मैत्री जीवनशैली, ४६ प्रतिशतभन्दा बढी जङ्गल, विशाल हिमालय क्षेत्र र बृहद् नदी प्रणालीमार्फत विश्व वातावरण संरक्षण र प्रवर्द्धनमा पुर्‍याउँदै आएको योगदानको बारेमा जानकारी गराउने। यस महासभामा नेपालले Sagarmatha to the Sea: A Call to Action for a Climate-Resilient Future विषयक side-event आयोजना गर्दै छ। विश्वव्यापी जलवायु परिवर्तनका कारण खास गरी हिमाल क्षेत्रमा परेका नकारात्मक प्रभाव र यसबाट सिर्जित विनाशकारी परिणामका बारेमा छलफल गरी विश्व समुदायको ध्यानाकर्षण गर्नु यस कार्यक्रमको मूल उद्देश्य रहेको छ। माननीय परराष्ट्र मन्त्री श्री शिशिर खनाल अति कम विकसित मुलुकहरू, भूपरिवेष्टित विकासोन्मुख मुलुकहरू, असंलग्न …
Full original text (EN, 1,322 Characters) ▾

साथै, नेपालले प्रकृति-मैत्री जीवनशैली, ४६ प्रतिशतभन्दा बढी जङ्गल, विशाल हिमालय क्षेत्र र बृहद् नदी प्रणालीमार्फत विश्व वातावरण संरक्षण र प्रवर्द्धनमा पुर्‍याउँदै आएको योगदानको बारेमा जानकारी गराउने। यस महासभामा नेपालले Sagarmatha to the Sea: A Call to Action for a Climate-Resilient Future विषयक side-event आयोजना गर्दै छ। विश्वव्यापी जलवायु परिवर्तनका कारण खास गरी हिमाल क्षेत्रमा परेका नकारात्मक प्रभाव र यसबाट सिर्जित विनाशकारी परिणामका बारेमा छलफल गरी विश्व समुदायको ध्यानाकर्षण गर्नु यस कार्यक्रमको मूल उद्देश्य रहेको छ। माननीय परराष्ट्र मन्त्री श्री शिशिर खनाल अति कम विकसित मुलुकहरू, भूपरिवेष्टित विकासोन्मुख मुलुकहरू, असंलग्न मुलुकहरू, G77 and China लगायतका मन्त्रीस्तरीय बैठकहरूमा सहभागी हुनुहुनेछ। साथै, संयुक्त राष्ट्र संघले आयोजना गरेका अन्य उच्चस्तरीय छलफल तथा Side Event हरूलाई पनि सम्बोधन गर्नुहुनेछ। यसका अलावा, माननीय परराष्ट्र मन्त्रीज्यूले छिमेकी मुलुकलगायत विभिन्न मित्र राष्ट्रका समकक्षी तथा संयुक्त राष्ट्र संघका उच्च पदाधिकारीहरूसँग भेटवार्ता गर्नुहुनेछ। सम्माननीय प्रधानमन्त्रीज्यूको प्रतिनिधिमण्डलमा माननीय परराष्ट्र मन्त्री श्री शिशिर खनाल, सम्माननीय प्रधानमन्त्रीज्यूका प्रमुख सल्लाहकार श्री कुमार व्यञ्जनकार, परराष्ट्र सचिव श्री अमृतबहादुर राईलगायतका उच्च पदस्थ पदाधिकारीहरू सहभागी हुनुहुनेछ। यस सम्बन्धी थप जानकारी मन्त्रालय र न्यूयोर्कस्थित नेपाली नियोगबाट निरन्तर रूपमा उपलब्ध हुने नै छ।

Tone toward targets (3)

How this statement speaks of each target it names, read by a model from the evidence sentence.

  • Neutral toward unnamed target“यस महासभामा नेपालले Sagarmatha to the Sea: A Call to Action for a Climate-Resilient Future विषयक side-event आयोजना गर्दै छ। विश्वव्यापी जलवायु परिवर्तनका कारण खास गरी हिमाल क्षेत्रमा परेका नकारात्मक प्रभाव र यसबाट सिर्जित विनाशकारी परिणामका बारेमा छलफल गरी विश्व समुदायको ध्यानाकर्षण गर्नु यस कार्यक्रमको मूल उद्देश्य रहेको छ।”
  • Positive toward unnamed target“साथै, नेपालले प्रकृति-मैत्री जीवनशैली, ४६ प्रतिशतभन्दा बढी जङ्गल, विशाल हिमालय क्षेत्र र बृहद् नदी प्रणालीमार्फत विश्व वातावरण संरक्षण र प्रवर्द्धनमा पुर्‍याउँदै आएको योगदानको बारेमा जानकारी गराउने।”
  • Neutral toward China“साथै, नेपालले प्रकृति-मैत्री जीवनशैली, ४६ प्रतिशतभन्दा बढी जङ्गल, विशाल हिमालय क्षेत्र र बृहद् नदी प्रणालीमार्फत विश्व वातावरण संरक्षण र प्रवर्द्धनमा पुर्‍याउँदै आएको योगदानको बारेमा जानकारी गराउने।”