Skip to content
DiploTrack
10 of 113 FROM THIS SPEAKER

Nepal (foreign ministry) (NPL)

Nepal Press release: STATEMENT

2026-11-14 · data through unknown

EN · statement #34578 ·

४. १० नोभेम्बर २०२६ मा माननीय परराष्ट्रमन्त्रीज्यूले अतिकम विकसित मुलुकहरू (LDCs) का तर्फबाट बाकु उच्चस्तरीय जलवायु अनुकूलन संवादलाई सम्बोधन गर्नुभयो। जलवायु परिवर्तनमा न्यून योगदान गर्ने अतिकम विकसित मुलुकहरूले नै यसको असमानुपातिक असर भोग्नुपरेको उल्लेख गर्दै उहाँले अनुकूलन जलवायु न्यायको अभिन्न पाटोका रूपमा रहनुपर्ने बताउनुभयो। साथै, अनुकूलन वित्तसम्बन्धी अन्तर्राष्ट्रिय प्रतिबद्धतालाई विश्वसनीय कार्यान्वयन योजनामा रूपान्तरण गर्न, वित्तीय स्रोतमा पहुँच सरल बनाउन, राष्ट्रिय अनुकूलन योजनाको कार्यान्वयनमा सहयोग गर्न तथा स्थानीय संस्था र समुदायको नेतृत्वमा अनुकूलनका कार्यक्रम सञ्चालन गर्न उहाँले जोड दिनुभयो। (ग) अन्ताल्या शिखर सम्मेलन (Antalya Leader s’ Summit) ५. …
Full original text (EN, 1,165 Characters) ▾

४. १० नोभेम्बर २०२६ मा माननीय परराष्ट्रमन्त्रीज्यूले अतिकम विकसित मुलुकहरू (LDCs) का तर्फबाट बाकु उच्चस्तरीय जलवायु अनुकूलन संवादलाई सम्बोधन गर्नुभयो। जलवायु परिवर्तनमा न्यून योगदान गर्ने अतिकम विकसित मुलुकहरूले नै यसको असमानुपातिक असर भोग्नुपरेको उल्लेख गर्दै उहाँले अनुकूलन जलवायु न्यायको अभिन्न पाटोका रूपमा रहनुपर्ने बताउनुभयो। साथै, अनुकूलन वित्तसम्बन्धी अन्तर्राष्ट्रिय प्रतिबद्धतालाई विश्वसनीय कार्यान्वयन योजनामा रूपान्तरण गर्न, वित्तीय स्रोतमा पहुँच सरल बनाउन, राष्ट्रिय अनुकूलन योजनाको कार्यान्वयनमा सहयोग गर्न तथा स्थानीय संस्था र समुदायको नेतृत्वमा अनुकूलनका कार्यक्रम सञ्चालन गर्न उहाँले जोड दिनुभयो। (ग) अन्ताल्या शिखर सम्मेलन (Antalya Leader s’ Summit) ५. ११ नोभेम्बर २०२६ मा आयोजित अन्ताल्या शिखर सम्मेलनमा माननीय परराष्ट्रमन्त्री श्री शिशिर खनाल, माननीय कृषि, वन तथा पर्यावरण मन्त्री श्री गिता चौधरी तथा नेपाली प्रतिनिधिमण्डलका अन्य सदस्यहरू सहभागी हुनुभयो। उक्त सम्मेलनलाई संयुक्त राष्ट्रसङ्घका महासचिव श्री एन्टोनियो गुटेरेसलगायत विभिन्न मुलुकका राष्ट्राध्यक्ष, सरकार प्रमुख, मन्त्री तथा उच्चपदस्थ पदाधिकारीहरूले सम्बोधन गर्नुभएको थियो। (घ) सबैका लागि पूर्वसूचना प्रणालीसम्बन्धी उच्चस्तरीय कार्यक्रम (High-Level Event on Early Warning for All)

No tone or topic tags yet.