Skip to content
DiploTrack
11 of 113 FROM THIS SPEAKER

Nepal (foreign ministry) (NPL)

Nepal Press release: STATEMENT

2026-11-14 · data through unknown

EN · statement #34577 ·

३. ९ नोभेम्बर २०२६ मा आयोजित सम्मेलनको उद् घाटन सत्रलाई सम्बोधन गर्दै माननीय परराष्ट्रमन्त्रीज्यूले नेपालमा हालै गएको विनाशकारी जलवायुजन्य विपद्का कारण जनजीवन, जीविकोपार्जन, भौतिक पूर्वाधार तथा पारिस्थितिक प्रणालीमा परेको गम्भीर असरबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउनुभ एको छ । सो अवसरमा उहाँले कोप-३१ अन्तर्गत “ पर्वत तथा जलवायु परिवर्तन ” सम्बन्धी छुट्टै कार्यक्रम (Work Programme) स्थापना गर्न जोड दिनुभयो। विश्वव्यापी तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसभित्र सीमित राख्ने लक्ष्य कायम राख्न, विश्वव्यापी अनुकूलन लक्ष्य (GGA) तथा नयाँ सामूहिक परिमाणात्मक जलवायु वित्त लक्ष्य (NCQG) का ढाँचामा पर्वतीय क्षेत्रका विशिष्ट सूचक …
Full original text (EN, 971 Characters) ▾

३. ९ नोभेम्बर २०२६ मा आयोजित सम्मेलनको उद् घाटन सत्रलाई सम्बोधन गर्दै माननीय परराष्ट्रमन्त्रीज्यूले नेपालमा हालै गएको विनाशकारी जलवायुजन्य विपद्का कारण जनजीवन, जीविकोपार्जन, भौतिक पूर्वाधार तथा पारिस्थितिक प्रणालीमा परेको गम्भीर असरबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउनुभ एको छ । सो अवसरमा उहाँले कोप-३१ अन्तर्गत “ पर्वत तथा जलवायु परिवर्तन ” सम्बन्धी छुट्टै कार्यक्रम (Work Programme) स्थापना गर्न जोड दिनुभयो। विश्वव्यापी तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसभित्र सीमित राख्ने लक्ष्य कायम राख्न, विश्वव्यापी अनुकूलन लक्ष्य (GGA) तथा नयाँ सामूहिक परिमाणात्मक जलवायु वित्त लक्ष्य (NCQG) का ढाँचामा पर्वतीय क्षेत्रका विशिष्ट सूचक समावेश गर्न तथा सगरमाथादेखि समुद्रसम्म जलवायु परिवर्तनका प्रभाव सम्बोधन गर्नुपर्ने विषयमा उहाँले जोड दिनुभयो। साथै, नेपालमा विपद्पछिको पुनर्निर्माण छिटो र न्यायोचित ढङ्गले अघि बढाउन अन्तर्राष्ट्रिय सहयोगको आवश्यकता रहेको विषय पनि उहाँले उठाउनुभयो। (ख) बाकु उच्चस्तरीय जलवायु अनुकूलन संवाद (Baku High-Level Dialogue on Adaptation)

No tone or topic tags yet.