Nepal (foreign ministry) (NPL)
Nepal Press release: STATEMENT
2026-11-14 · data through 23 Nov 2026, 19:20 UTC
EN · statement #34576 ·
१. यो सम्मेलन जलवायु परिवर्तनका वैश्विक चुनौती तथा असरहरू सामना गर्न साझा नीति, प्रतिबद्धता तथा कार्यदिशा तय गर्ने विश्वको प्रमुख बहुपक्षीय मञ्चमध्ये एक हो। यस सम्मेलनले विश्वव्यापी तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसभित्र सीमित राख्ने, सन् २०५० सम्म खुद शून्य कार्बन उत्सर्जनको लक्ष्य हासिल गर्ने तथा जलवायु परिवर्तनबाट प्रभावित मुलुक तथा समुदायको अनुकूलन क्षमता र उत्थानशीलता सुदृढ गर्ने विषयलाई उच्च प्राथमिकता दिएको छ। सन् १९९५ देखि वार्षिक रूपमा आयोजना हुँदै आएको यस सम्मेलनमा विश्वका राष्ट्र तथा सरकार प्रमुखहरू, वार्ताकार, वैज्ञानिक, निजी क्षेत्र, युवा तथा नागरिक समाजका प्रतिनिधिहरूको सहभागिताले समावेशी, प्रभावकारी र सामूहिक विश्वव्यापी जलवायु कार्यलाई अघि बढाउन महत्त्वपूर्ण अवसर प्रदान गर्दछ। २. …Full original text (EN, 1,186 Characters) ▾
१. यो सम्मेलन जलवायु परिवर्तनका वैश्विक चुनौती तथा असरहरू सामना गर्न साझा नीति, प्रतिबद्धता तथा कार्यदिशा तय गर्ने विश्वको प्रमुख बहुपक्षीय मञ्चमध्ये एक हो। यस सम्मेलनले विश्वव्यापी तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसभित्र सीमित राख्ने, सन् २०५० सम्म खुद शून्य कार्बन उत्सर्जनको लक्ष्य हासिल गर्ने तथा जलवायु परिवर्तनबाट प्रभावित मुलुक तथा समुदायको अनुकूलन क्षमता र उत्थानशीलता सुदृढ गर्ने विषयलाई उच्च प्राथमिकता दिएको छ। सन् १९९५ देखि वार्षिक रूपमा आयोजना हुँदै आएको यस सम्मेलनमा विश्वका राष्ट्र तथा सरकार प्रमुखहरू, वार्ताकार, वैज्ञानिक, निजी क्षेत्र, युवा तथा नागरिक समाजका प्रतिनिधिहरूको सहभागिताले समावेशी, प्रभावकारी र सामूहिक विश्वव्यापी जलवायु कार्यलाई अघि बढाउन महत्त्वपूर्ण अवसर प्रदान गर्दछ। २. नेपाली प्रतिनिधिमण्डलले विशेषतः UNFCCC प्रक्रियाअन्तर्गत हिमाल तथा जलवायु परिवर्तन, १.५ डिग्री सेल्सियसको लक्ष्य कायम राख्ने, हिमाली पारिस्थितिक प्रणालीको संरक्षण, जलवायु न्याय, जलवायु अनुकूलन तथा हानि-नोक्सानीका लागि वित्तीय सहयोग, बहुप्रकोपीय पूर्वसूचना प्रणालीको सुदृढीकरण र जलवायुजन्य विपद्पछिको पुनर्निर्माण तथा पुनःस्थापनामा अन्तर्राष्ट्रिय सहयोग परिचालन गर्न जोड दिएको छ । सम्मेलनका प्रमुख बैठकहरू तथा कार्यक्रमहरू (क) कोप-३१ को उद् घाटन सत्र (CO P31 Opening Plenary)
Tone toward targets (2)
How this statement speaks of each target it names, read by a model from the evidence sentence.
- Neutral toward unnamed target“१. यो सम्मेलन जलवायु परिवर्तनका वैश्विक चुनौती तथा असरहरू सामना गर्न साझा नीति, प्रतिबद्धता तथा कार्यदिशा तय गर्ने विश्वको प्रमुख बहुपक्षीय मञ्चमध्ये एक हो। यस सम्मेलनले विश्वव्यापी तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसभित्र सीमित राख्ने, सन् २०५० सम्म खुद शून्य कार्बन उत्सर्जनको लक्ष्य हासिल गर्ने तथा जलवायु परिवर्तनबाट प्रभावित मुलुक तथा समुदायको अनुकूलन क्षमता र उत्थानशीलता सुदृढ गर्ने विषयलाई उच्च प्राथमिकता दिएको छ। सन् १९९५ देखि वार्षिक रूपमा आयोजना हुँदै आएको यस सम्मेलनमा विश्वका राष्ट्र तथा सरकार प्रमुखहरू, वार्ताकार, वैज्ञानिक, निजी क्षेत्र, युवा तथा नागरिक समाजका प्रतिनिधिहरूको सहभागिताले समावेशी, प्रभावकारी र सामूहिक विश्वव्यापी जलवायु कार्यलाई अघि बढाउन महत्त्वपूर्ण अवसर प्रदान गर्दछ।”
- Positive toward unnamed target“२. नेपाली प्रतिनिधिमण्डलले विशेषतः UNFCCC प्रक्रियाअन्तर्गत हिमाल तथा जलवायु परिवर्तन, १.५ डिग्री सेल्सियसको लक्ष्य कायम राख्ने, हिमाली पारिस्थितिक प्रणालीको संरक्षण, जलवायु न्याय, जलवायु अनुकूलन तथा हानि-नोक्सानीका लागि वित्तीय सहयोग, बहुप्रकोपीय पूर्वसूचना प्रणालीको सुदृढीकरण र जलवायुजन्य विपद्पछिको पुनर्निर्माण तथा पुनःस्थापनामा अन्तर्राष्ट्रिय सहयोग परिचालन गर्न जोड दिएको छ ।”