Skip to content
DiploTrack
13 of 113 FROM THIS SPEAKER

Nepal (foreign ministry) (NPL)

Nepal Press release: STATEMENT

2026-11-14 · data through unknown

EN · statement #34575 ·

माननीय परराष्ट्रमन्त्री श्री शिशिर खनालज्यू संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (CO P31 ) मा सहभागी भई स्वदेश फर्कनुहुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जारी गरिएको प्रेस नोट २०८३ कार्तिक २८ तुर्कीए को अन्ताल्यामा मिति २०८३ कार्तिक २३ देखि मंसिर ४ गते (तदनुसार ९-२० नोभेम्बर २०२६) सम्म आयोजना भइरहेको संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी महासन्धि (UNFCCC) का पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (CO P31 ) मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सहभागी भई आज माननीय परराष्ट्रमन्त्री श्री शिशिर खनालज्यू स्वदेश फर्किनुभएको छ। नेपाल सरकार (मन्त्रिपरिषद्) को निर्णयानुसार उक्त …
Full original text (EN, 888 Characters) ▾

माननीय परराष्ट्रमन्त्री श्री शिशिर खनालज्यू संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (CO P31 ) मा सहभागी भई स्वदेश फर्कनुहुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जारी गरिएको प्रेस नोट २०८३ कार्तिक २८ तुर्कीए को अन्ताल्यामा मिति २०८३ कार्तिक २३ देखि मंसिर ४ गते (तदनुसार ९-२० नोभेम्बर २०२६) सम्म आयोजना भइरहेको संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी महासन्धि (UNFCCC) का पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (CO P31 ) मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सहभागी भई आज माननीय परराष्ट्रमन्त्री श्री शिशिर खनालज्यू स्वदेश फर्किनुभएको छ। नेपाल सरकार (मन्त्रिपरिषद्) को निर्णयानुसार उक्त सम्मेलनमा सहभागी हुन उहाँ गत हप्ता अन्ताल्या प्रस्थान गर्नुभएको थियो। सम्मेलनको अन्तिम हप्तामा हुने निर्धारित बैठक तथा वार्ताहरूमा माननीय कृषि, वन तथा पर्यावरण मन्त्री श्री गिता चौधरी ज्यू ले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सहभागिता जनाउनुहुनेछ।

No tone or topic tags yet.