Skip to content
DiploTrack
39 of 113 FROM THIS SPEAKER

Nepal (foreign ministry) (NPL)

Nepal Press release: STATEMENT

2026-09-26 · data through unknown

UND · statement #34516 ·

ज. जलवायुजन्य विपद्लाई तदर्थ (ad-hoc) प्रतिक्रियाबाट मात्र सम्बोधन गर्ने अवस्थाको अन्त्य गर्दै पूर्वतयारीको संस्कृति ( culture of preparedness) को विकासमा जोड दिनुभयो। झ. जलवायु न्यायलाई वित्तीय सहयोगमा मात्र सीमित नराखी वितरणात्मक तथा प्रक्रियागत न्याय (distributive and procedural justice) सुनिश्चित गर्नुपर्ने कुरामा जोड दिनुभएको। ञ. …
Full original text (UND, 1,487 Characters) ▾

ज. जलवायुजन्य विपद्लाई तदर्थ (ad-hoc) प्रतिक्रियाबाट मात्र सम्बोधन गर्ने अवस्थाको अन्त्य गर्दै पूर्वतयारीको संस्कृति ( culture of preparedness) को विकासमा जोड दिनुभयो। झ. जलवायु न्यायलाई वित्तीय सहयोगमा मात्र सीमित नराखी वितरणात्मक तथा प्रक्रियागत न्याय (distributive and procedural justice) सुनिश्चित गर्नुपर्ने कुरामा जोड दिनुभएको। ञ. बहुपक्षीयता (multilateralism) मा नेपालको अविछिन्न विश्वास रहेको उल्लेख गर्दै साना गरिब मुलुकहरूको आवाज सुन्ने र न्यायपूर्ण परिणाम हासिल गर्ने व्यवस्था निर्माणका लागि संयुक्त राष्ट्रसंघमाथि आफ्नो भरोसा रहेको बताउनुभएको। ट . ‘ यो विश्व बुद्धले देखाएको बाटोमा हिंड्न सकोस् ’ भन्दै विश्व शान्तिको आह्वान गर्नुभएको। उक्त सम्बोधनको पूर्णपाठ परराष्ट्र मन्त्रालयको वेबसाइटमा उपलब्ध रहेको। भ्रमणका क्रममा सम्माननीय प्रधानमन्त्रीज्यूले संयुक्त राष्ट्रसंघका महासचिव श्री एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्नुभएको थियो। भेटका क्रममा महासचिव गुटेरेसले भोटेकोशी विपदमा भएको जनधनको क्षतिप्रति गहिरो समवेदना व्यक्त गर्दै जलवायु मुद्दामा संयुक्त राष्ट्रसंघ नेपालसँग ऐक्यबद्ध रहेको बताउनुभएको थियो। प्रधानमन्त्री शाहले नेपालप्रतिको सद्भावका लागि महासचिव गुटेरेसलाई धन्यवाद दिँदै उहाँको सफल कार्यकालका लागि बधाई दिनुभएको थियो। भोटेकोशी विपदबाट नेपालले ठूलो क्षति बेहोरेको उल्लेख गर्दै प्रधानमन्त्रीले हिमताल फुट्ने जोखिम अझै उच्च रहेको बताउनुभएको थियो। भेटमा नदी किनारका बासिन्दाको पुनर्वास र हरित पुनर्निर्माणका विषयमा समेत छलफल भएको थियो। साथै , अतिकम विकसित राष्ट्र (एलडीसी) सूचीबाट नेपालको स्तरोन्नतिको समयसीमा थपका लागि समर्थनका विषयमा पनि कुराकानी भएको थियो।

No translation yet ▾

The quote above is in the original language (und). Do not cite a paraphrase.

Tone toward targets (2)

How this statement speaks of each target it names, read by a model from the evidence sentence.

  • Positive toward unnamed target“ज. जलवायुजन्य विपद्लाई तदर्थ (ad-hoc) प्रतिक्रियाबाट मात्र सम्बोधन गर्ने अवस्थाको अन्त्य गर्दै पूर्वतयारीको संस्कृति ( culture of preparedness) को विकासमा जोड दिनुभयो।”
  • Positive toward unnamed target“झ. जलवायु न्यायलाई वित्तीय सहयोगमा मात्र सीमित नराखी वितरणात्मक तथा प्रक्रियागत न्याय (distributive and procedural justice) सुनिश्चित गर्नुपर्ने कुरामा जोड दिनुभएको।”