Nepal (foreign ministry) (NPL)
Nepal Press release: STATEMENT
2026-11-23 · data through unknown
EN · statement #43885 ·
भ्रमणका अवसरमा नेपाल र भारतका उद्योगी , व्यवसायी एवम् लगानीकर्ताहरूको Nepal-India Business Roundtable लाई सम्बोधन गर्दै माननीय अर्थमन्त्रीले नेपालमा लगानीका अवसरहरूबारे जानकारी गराउँदै नेपालको आर्थिक विकासमा योगदान पुर्याउने गरी नेपालमा लगानी गरी आर्थिक गतिविधि विस्तार गर्न प्रोत्साहित गर्नुभएको छ। भ्रमणका अवसरमा भारतका प्रधानमन्त्रीज्यू लगायत उच्च राजनीतिक नेतृत्वसँग भएका सारगर्भित छलफलबाट दुई मुलुकबीच समझदारी , सहयोग तथा सहकार्यमा अभिवृद्धि भई द्विपक्षीय सम्बन्ध अझ सुदृढ भएको छ। यस भ्रमणका क्रममा भएका छलफल र उच्चस्तरीय भेटघाटहरूले नेपाल र भारतबीचको कूटनीतिक र आर्थिक एवम् विकास सहकार्यलाई नयाँ उचाइमा पुर्याउनुका साथै आगामी दिनमा …Full original text (EN, 1,221 Characters) ▾
भ्रमणका अवसरमा नेपाल र भारतका उद्योगी , व्यवसायी एवम् लगानीकर्ताहरूको Nepal-India Business Roundtable लाई सम्बोधन गर्दै माननीय अर्थमन्त्रीले नेपालमा लगानीका अवसरहरूबारे जानकारी गराउँदै नेपालको आर्थिक विकासमा योगदान पुर्याउने गरी नेपालमा लगानी गरी आर्थिक गतिविधि विस्तार गर्न प्रोत्साहित गर्नुभएको छ। भ्रमणका अवसरमा भारतका प्रधानमन्त्रीज्यू लगायत उच्च राजनीतिक नेतृत्वसँग भएका सारगर्भित छलफलबाट दुई मुलुकबीच समझदारी , सहयोग तथा सहकार्यमा अभिवृद्धि भई द्विपक्षीय सम्बन्ध अझ सुदृढ भएको छ। यस भ्रमणका क्रममा भएका छलफल र उच्चस्तरीय भेटघाटहरूले नेपाल र भारतबीचको कूटनीतिक र आर्थिक एवम् विकास सहकार्यलाई नयाँ उचाइमा पुर्याउनुका साथै आगामी दिनमा आपसी हितका क्षेत्रहरूमा परिणाममुखी सहकार्य अघि बढाउन बलियो आधार तयार भए को छ। परराष्ट्र नीतिको महत्वपूर्ण पक्षका रूपमा रहेका छिमेक सम्बन्धलाई थप गतिशीलताका माध्यमबाट आर्थिक विकास र समुन्नतिका लागि सौहार्दपूर्ण वातावरण निर्माण गर्ने र छिमेकी मुलुकले हासिल गरेको उल्लेख्य विकास र समुन्नतिको समुचित लाभ लिने दिशामा यो भ्रमण कोशेढुंगा सावित भएको छ। साथै, छिमेकी मित्रराष्ट्रसँग एकअर्काका संवेदनशीलताहरू बुझ्ने तथा आपसी समन्वयमा तिनको उचित समाधान गर्दै द्विपक्षीय हितलाई प्रवर्द्धन गर्न यो भ्रमण पूर्णतः सफल भएको छ। नेपाल र नेपाली नागरिकका लागि यो ऐतिहासिक उपलब्धिका रूपमा रहिरहनेछ।
Tone toward targets (1)
How this statement speaks of each target it names, read by a model from the evidence sentence.
- Positive toward India“यस भ्रमणका क्रममा भएका छलफल र उच्चस्तरीय भेटघाटहरूले नेपाल र भारतबीचको कूटनीतिक र आर्थिक एवम् विकास सहकार्यलाई नयाँ उचाइमा पुर्याउनुका साथै आगामी दिनमा आपसी हितका क्षेत्रहरूमा परिणाममुखी सहकार्य अघि बढाउन बलियो आधार तयार भए को छ।”