Nepal (foreign ministry) (NPL)
Nepal Press release: STATEMENT
2026-11-23 · data through unknown
EN · statement #43877 ·
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल , काठमाडौं २०८३ मंसिर 07, तदनुसार 23 नोभेम्बर २०२6 उपस्थित सञ्चारकर्मी मित्रहरू , सम्माननीय प्रधानमन्त्री श्री वालेन्द्र शाहज्यू मित्रराष्ट्र भारतका प्रधानमन्त्री महामहिम श्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा भारतको दुई दिने राजकीय भ्रमण सम्पन्न गरी आज स्वदेश फर्कनु भएको छ। नेपालमा भएको ऐतिहासिक राजनीतिक परिवर्तन र आमनिर्वाचन पश्चात् गठन भएको वर्तमान सरकार प्रमुखबाट छिमेकी मित्रराष्ट्र भारतमा भएको यो पहिलो द्विपक्षीय भ्रमण हो। वर्तमान सरकारले नेपालको राष्ट्रहित प्रवर्द्धन गर्ने दिशामा आर्थिक वृद्धि, विकास र समृद्धिलाई प्राथमिकतामा राखेको छ। मित्रराष्ट्र भारतसँग रहिआएको हाम्रो सदियौं पुरानो …Full original text (EN, 1,489 Characters) ▾
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल , काठमाडौं २०८३ मंसिर 07, तदनुसार 23 नोभेम्बर २०२6 उपस्थित सञ्चारकर्मी मित्रहरू , सम्माननीय प्रधानमन्त्री श्री वालेन्द्र शाहज्यू मित्रराष्ट्र भारतका प्रधानमन्त्री महामहिम श्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा भारतको दुई दिने राजकीय भ्रमण सम्पन्न गरी आज स्वदेश फर्कनु भएको छ। नेपालमा भएको ऐतिहासिक राजनीतिक परिवर्तन र आमनिर्वाचन पश्चात् गठन भएको वर्तमान सरकार प्रमुखबाट छिमेकी मित्रराष्ट्र भारतमा भएको यो पहिलो द्विपक्षीय भ्रमण हो। वर्तमान सरकारले नेपालको राष्ट्रहित प्रवर्द्धन गर्ने दिशामा आर्थिक वृद्धि, विकास र समृद्धिलाई प्राथमिकतामा राखेको छ। मित्रराष्ट्र भारतसँग रहिआएको हाम्रो सदियौं पुरानो घनिष्ठ, वहुआयामिक, सहयोगात्मक र जनस्तरको सम्बन्ध एवम् सहकार्यलाई थप मजबूत बनाई दुबै मुलुकका नागरिकले प्रत्यक्ष अनुभूत र लाभ प्राप्त गर्ने दिशामा यो भ्रमण केन्द्रित मात्र रहेन लामो समयपछि यस भ्रमणले नेपाल - भारत सम्बन्धलाई संभावनायुक्त सकारात्मक लयमा फर्काएको छ। यसै सन्दर्भमा सम्माननीय प्रधानमन्त्रीज्यूले आज मंसिर 7 मा भारतका महामहिम राष्ट्रपति श्रीमती द्रोपदी मुर्मुसँग शिष्टाचार भेट गर्नुभयो। भेटका क्रममा उहाँहरूबीच नेपाल-भारतबीच रही आएको सौहार्दपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा विचार आदानप्रदान भयो। भ्रमणको महत्वपूर्ण पक्षको रुपमा नयाँ दिल्लीको हैदरावाद हाउसमा सम्माननीय प्रधानमन्त्रीज्यूले आज 23 नोभेम्वर 2026 मा आफ्ना समकक्षी भारतीय प्रधानमन्त्री महामहिम श्री नरेन्द्र मोदीज्यूसँग भेटवार्ता सम्पन्न गर्नुभयो। सो अवसरमा दुई प्रधामन्त्रीहरूबीच नेपाल-भारत द्विपक्षीय सम्बन्धका सम्पूर्ण पक्षहरूमा घनिभूत एवम् सार्थक छलफल सम्पन्न भयो।
No tone or topic tags yet.