Skip to content
DiploTrack
41 of 113 FROM THIS SPEAKER

Nepal (foreign ministry) (NPL)

Nepal Press release: STATEMENT

2026-09-26 · data through unknown

UND · statement #34514 ·

प्रेस नोट सम्माननीय प्रधानमन्त्री श्री वालेन्द्र शाहज्यू संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भई स्वदेश फर्कनुहुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जारी गरिएको प्रेस नोट २०८३ असोज १० सञ्चारकर्मी मित्रहरू , सम्माननीय प्रधानमन्त्री श्री वालेन्द्र शाहज्यू संयुक्त राष्ट्रसंघको ८१औं महासभाको उच्चस्तरीय सप्ताहमा सहभागी भई आज स्वदेश फर्कनुभएको छ। सम्माननीय प्रधानमन्त्रीज्यू सोका लागि गत असोज ६ गते (तदनुसार २२ सेप्टेम्बर २०२६) काठमाडौंबाट न्युयोर्क प्रस्थान गर्नुभएको थियो। उक्त उच्चस्तरीय सप्ताह २०२६ सेप्टेम्बर २२ देखि २८ सम्म न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा आयोजना भइरहेको छ। यस वर्षको महासभाको मूल थिम Restoring Trust, Managing Transformation: A United Nations that Delivers for All रहेको छ। सम्माननीय प्रधानमन्त्रीज्यूले महासभाको जनरल डिबेटमा २४ सेप्टेम्बर २०२६ मा सम्बोधन गर्नुभएको थियो। उक्त सम्बोधनका क्रममा सम्माननीय प्रधानमन्त्रीज्यूले अन्य कुराका अलावा निम्न विषयहरूमा जोड दिनुभएको थियो- क. …
Full original text (UND, 1,487 Characters) ▾

प्रेस नोट सम्माननीय प्रधानमन्त्री श्री वालेन्द्र शाहज्यू संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भई स्वदेश फर्कनुहुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जारी गरिएको प्रेस नोट २०८३ असोज १० सञ्चारकर्मी मित्रहरू , सम्माननीय प्रधानमन्त्री श्री वालेन्द्र शाहज्यू संयुक्त राष्ट्रसंघको ८१औं महासभाको उच्चस्तरीय सप्ताहमा सहभागी भई आज स्वदेश फर्कनुभएको छ। सम्माननीय प्रधानमन्त्रीज्यू सोका लागि गत असोज ६ गते (तदनुसार २२ सेप्टेम्बर २०२६) काठमाडौंबाट न्युयोर्क प्रस्थान गर्नुभएको थियो। उक्त उच्चस्तरीय सप्ताह २०२६ सेप्टेम्बर २२ देखि २८ सम्म न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा आयोजना भइरहेको छ। यस वर्षको महासभाको मूल थिम Restoring Trust, Managing Transformation: A United Nations that Delivers for All रहेको छ। सम्माननीय प्रधानमन्त्रीज्यूले महासभाको जनरल डिबेटमा २४ सेप्टेम्बर २०२६ मा सम्बोधन गर्नुभएको थियो। उक्त सम्बोधनका क्रममा सम्माननीय प्रधानमन्त्रीज्यूले अन्य कुराका अलावा निम्न विषयहरूमा जोड दिनुभएको थियो- क. हालै भोटेकोशीमा आएको विनाशकारी बाढीलाई जलवायु संकटको गम्भीर प्रभाव तथा विश्वका लागि चेतावनीका रूपमा प्रस्तुत गर्दै उक्त विपदबाट भएको ठूलो जनधनको क्षति , भौतिक पूर्वाधार तथा जनजीविकामा परेको असरबारे विश्वसमुदायको ध्यानाकर्षण गराउनुभएको। ख. साथै , नेपाल जलवायु संकटको अग्रपङ्क्तिमा रहेको उल्लेख गर्दै नेपालले विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा ०.१ प्रतिशतभन्दा कम योगदान गरे तापनि जलवायु परिवर्तनका असमान र गम्भीर असरहरू भोगिरहेको तथा जलवायु परिवर्तन नेपालको लागि मानवीय घटना (Humanitarian event) मात्र नभई विकासको संकट (emergency) समेत रहेको बताउनुभएको।

No translation yet ▾

The quote above is in the original language (und). Do not cite a paraphrase.

Tone toward targets (3)

How this statement speaks of each target it names, read by a model from the evidence sentence.

  • Positive toward unnamed target“क. हालै भोटेकोशीमा आएको विनाशकारी बाढीलाई जलवायु संकटको गम्भीर प्रभाव तथा विश्वका लागि चेतावनीका रूपमा प्रस्तुत गर्दै उक्त विपदबाट भएको ठूलो जनधनको क्षति , भौतिक पूर्वाधार तथा जनजीविकामा परेको असरबारे विश्वसमुदायको ध्यानाकर्षण गराउनुभएको।”
  • Positive toward unnamed target“ख. साथै , नेपाल जलवायु संकटको अग्रपङ्क्तिमा रहेको उल्लेख गर्दै नेपालले विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा ०.१ प्रतिशतभन्दा कम योगदान गरे तापनि जलवायु परिवर्तनका असमान र गम्भीर असरहरू भोगिरहेको तथा जलवायु परिवर्तन नेपालको लागि मानवीय घटना (Humanitarian event) मात्र नभई विकासको संकट (emergency) समेत रहेको बताउनुभएको।”
  • Neutral toward United Nations“सम्माननीय प्रधानमन्त्री श्री वालेन्द्र शाहज्यू संयुक्त राष्ट्रसंघको ८१औं महासभाको उच्चस्तरीय सप्ताहमा सहभागी भई आज स्वदेश फर्कनुभएको छ। सम्माननीय प्रधानमन्त्रीज्यू सोका लागि गत असोज ६ गते (तदनुसार २२ सेप्टेम्बर २०२६) काठमाडौंबाट न्युयोर्क प्रस्थान गर्नुभएको थियो।”